नेपालले राखिन् नेपालको नाम, जो कोहीले गर्दैनन् यस्तो सराहनीय काम



१३ मंसिर २०७५, काठमाडौं

१२६ घण्टा नाँचेर अन्ततः बन्दना नेपालले गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएकी छिन् । विगत मंसिर ७ बाट लगातार १२ मंसिर सम्म नाँचेर उनले सो रेकर्ड राखेकी हुन् ।

बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा भएको रेकर्ड कार्यक्रममा विभिन्न नेपाली साँस्कृतिक भेषूुषामा नृत्य गरेकी उनलाई केही समस्याहरु आईपरे पनि सामना गर्दै आफ्नो गन्तव्य स्थानसम्म पुग्न भने उनी सक्षम भईन् ।

भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै उनले सो स्थानमा आफ्नो नामलाई सुरक्षित राखेकी हुन् । कार्यक्रममा प्रमुख अतिथीको भूमीकामा उपस्थित पूर्व–प्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपाल भने, रेकर्ड राख्नु त छुट्टै कुरा हो, यो आँट गर्नसम्म पनि ठुलो कुरा हो ।’ अब यो उनको किर्तिमानीले विश्वसामु त्यो सन्देश जाने छ, नेपालमा पनि धेरै ट्यालेन्टहरुको जन्म भएको छ । उनले थपे ।

‘धेरै अप्ठ्याराहरुलाई फेस गर्दै हामी यो सफलता पाएका छौं, यो नेपालीहरुको मात्र नभएर हामी सम्पुर्ण नेपालीहरुको गौरवको विषय हो ।’ सह–संयोजक सन्तोष लामाले भने । ‘किर्तिमानीको क्रममा उनलाई धेरै गाह्रो भएको थियो, चौंथो रातमा उनलाई धेरै गाह्रो भएको थियो । उनी शरिरको विकनेसले गर्दा स्टेजमा ढल्न पुगिन् ।

तर, तत्कालै हामीले उनलाई हौसला प्रदान गरेर फेरी नाँच्ने बनायौं ।’ सह–संयोजक लामा भन्छन् । शरिरीक विकनेसका कारण बोकेर स्टेज प्रवेश गराईएको बन्दना अन्ततः आफ्नो खुसीको आँसु समेत अडिएनन् ती आँखामा ।

नयाँ युगको सुरुवाती सँगसँगै नयाँ ट्यालेन्टको जन्म भएको महसुस हामी गर्दैछौं ।

खुसी लागेको आज ! आगामी दिनहरुमा पनि नेपालमा यस्तो प्रतिभाको जन्म होस् ।

बन्दनाको आगामी दिनको प्रगतिले सगरमाथालाई होचो बनाओस् !

नेपालकी चेलीहरुदेखि धेरै गर्व लाग्छ ।
यता बन्दना ‘वर्ल्ड रेकर्ड’ होल्डर, उता मेनुका पौडेल ‘सारेगम’ को फाईनलमा, अनि कता हो कता, शृखंला खतिवडा ‘मिस वर्ल्ड’ को अन्त्यतिर ।
यिनीहरु नेपालको सम्पत्ति हुन् । अझै जन्मिन्छन् नेपालमा यस्तो खालको प्रतिभाहरु, र हामी पनि भन्छौं, जन्मिरहुन् !

प्रतिक्रिया दिनुहोस्