
१२ मङ्सिर २०७५, काठमाण्डौ
लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे सन्दर्भमा जनचेतनामूलक र्याली बूढानिलकण्ठ नगरपालिकाका नगर उप्रप्रमुख रमा राईकाे संयाेजकत्वमा र नगर प्रमुख उद्धब प्र खरेल ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ।

गैर सरकारी संस्था महासंघ नेपाल बूढानीलकण्ठ नगरपालिका समन्वय शाखाको आयोजना र दयामाया बचत तथा ऋण सहकारी संस्थाकाे समन्वय एवं १३ वडा का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठको व्यवस्थापनमा नगरक्षेत्रका महिला अधिकारकर्मीहरुको समेत सहभागीतामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको महासंघका नगर संयोजक प्रदिप डंगोलले परिवर्तन खबरलाई बताए ।






