गिनिज बुकमा ‘बन्दना नेपाल’ लेखिन ४ घण्टा बाँकी, नृत्य दिउँसो ३ बजे सकिदै



१२ मंसिर २०७५, काठमाडौं

बन्दना नेपालको १२६ घण्टे नृत्य आज सकिदैछ । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भईरहेको उनको नृत्य आज दिउँसो ३ बजे सकिने कार्यक्रमका सह–संयोजक सन्तोष लामाले बताए ।

विगत ७ गते विहान ९ बजेबाट सुरु गरेको नृत्य आज सकिँदैछ । दिउँसो ३ बजेसम्ममा टार्गेटेड टाईम पुग्ने लामाले परिवर्तन खबरलाई जानकारी दिए । १२६ घण्टा लगातार नाँचेर गिनिज बुकमा आफ्नो नामलाई राख्न आतुर बन्दनाले आजसम्म विभिन्न नेपालीहरुको संस्कृति झल्किने भेषभूषामा नृत्य गरेकी थिईन् ।

भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले सो विधामा आफ्नो नामलाई सुरक्षित राख्न लागेकी हुन् । आजबाट भने बन्दना सबैभन्दा लामो नृत्य गरेर गिनिज बुकमा नाम लेखाउने नेपाली चेली बन्ने छिन् । दिउँसो ३ बजेपछि समापन कार्यक्रमलाइ अगाडी बढाउने संयोजकले बताएका छन् ।

यो पनि पढ्नुहोस्

लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने तयारीमा नेपाली चेली बन्दना नेपाल ( भिडियो सहित)

 

गिनिज बुक वर्ल्ड रेकर्डका लागि बन्दनाको मिसन सुरु, आजबाट लगातार १२ गतेसम्म नृत्य गर्दै

 

बन्दनाको १२६ घण्टे नाँच भोलीबाट सुरु हुँदै, सबै तयारी पुरा

प्रतिक्रिया दिनुहोस्