जनतासँग घुलमिल हुँदै नेपाली सेना !



११ मङ्सिर २०७५, इटहरी

एउटा समय थियो जुन बेला नेपाली सेनाको नाम सुन्ने बित्तीकै जनता डराउँथे । माओवादीले सुरु गरेको शसस्त्र जनयुद्धको समयमा भएको युद्धमा जनता त्रसित भए । २०६३ साल मंसिर ५ गते माओवादी र सरकारको सहमति भयो र युद्धको अन्त्य भयो । हाल शान्ति सम्झौता भएको १२ बर्ष पुगेको छ । तर अझै पनि सेना र सर्बसाधरणको बिचमा भने एक किसीमको दुरी रहेको पाईन्छ । पछिल्लो समयमा नेपाली सेना त्यसलाई मेटाउने तयारीमा जुटेको छ ।

यसैबिच इटहरीमा रहेको पूर्वी पृतना हेडक्वाटरले नागरिकसँगको सम्बन्ध सुधारका लागि बिभिन्न सामाजिक कामदेखी खेलकुद सम्मको कार्यक्रम गर्दै आएको छ । केही समय अगाडी पुर्बको पर्यटकिय स्थल तालतैयाको सरसफाइ सर्बसाधरण संगै मिलेर गर्यो जसमा सर्बसाधरण सेनासँग घुलमिल हुँदा निकै खुशी देखिएका थिए । सर्पदंश उपचार केन्द्र लगायत थुप्रै सामाजिक कार्य गरेको नेपाली सेना आगलागी लगायत बिपतको समयमा तत्पर रहन्छ ।

यस्तै सामाजिक काम गदै आएको सेनाले नागरिकसँगको सम्बन्ध सुधारकै लागि केही दिन अगाडी प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम गर्यो । कार्यक्रममा सेना र सर्बसाधरण घुलमिल भए भने प्रतियोगितामा सेनाको तुलानामा सर्वसाधारणले आफ्नो बर्चश्व कायम गरे ।

नेपाली सेनाको नियम नै छ आफ्नो ब्यारेग भित्र सेना बाहेक बाहिरी मान्छे पस्न पाउँदैनन । जसरी प्रहरीले प्रयोग गर्ने हतियार सर्बसाधरणले देख्न पाउँछन् त्यसरी सेनाका सामाग्री हेर्न सर्बसाधरणले पाउँदैन । तर यसरी सामाग्री प्रर्दशन गर्दै सेना समाजमा घुलमिल हुन खोजेको हो  । सेनाले जनतासँग सहकार्य गरी शान्ती स्थापना गर्न कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली सेनाको बिगत देखि हालसम्मका फोटो प्रदर्शन, बिभिन्न सैनिक सामाग्रीका प्रदर्शनी , इन्जिनियर, इक्युपमेन्ट, बिपद व्यवस्थापनका सामाग्री प्रदर्शनी, नेपाली सेना सम्बन्धि भिडियो तथा डकुमेन्ट्री लगायतका सामाग्री प्रर्दशन गरीएको थियो । भने खेलकुदमा सैनिक व्याण्ड डिसप्ले, आई.कि.डो. कला पदर्शनी, तेक्वान्दो पदर्शनी का साथै हाफ म्याराथोन, महिला तथा पुरुषहरुको लागि छुट्टाछुट्टै १० किलोमिटर दौड, १३ देखी १६ बर्षका बालबालिकाहरुको लागि छुट्टाछुट्टै  ५ किलोमिटर दौड, खुल्ला साइक्लिङ तथा वाकाथोन प्रतियोगिताको आयोजना गरिएको थियो ।

कार्यक्रम प्रदेश नं १ का ३२ सय भन्दा बढि ब्यक्तिले अवलोकन गरेका थिए । बिद्यालय अन्तरगत ६९ बिद्यालयको सहभागीता रहेको थियो ।

नेपाली सेनाले गरेको यस्तो जनस्तरको कार्यक्रमले अब सेना र नेपाली समाजमा एक बिशेष सम्बन्ध हुने र सुरक्षा क्षेत्रमा महत्बपुर्ण योगदान समेत पुग्ने अबलोकनकर्ताहरुले बताएका छन ।

नेपाली शेना र सर्बसाधरण हातेमालो गरेर अगाडी बढ्नको लागी प्रथमचरणमा यस्तो कार्यक्रम गरीयको पृतनापती समिर साहीले बताउनुभयो । नेपाली सेनाले एकचोटी गरेको काम दिगो तरीकाको गर्छ । यो कर्यक्रम पनि दिगो तरीकाले अगाडी बढ्ने बताउनुभयो ।

शेना मात्र यस्तो सस्था हो जसले निर्माण समयमानै आफ्नो काम पुरा गरेको छ । नेपाली सेना देश र जनताको लागी लड्दै आएको र यस्तो खालको कर्यक्रम समयसापेक्ष र सान्दर्भिक रहेको इटहरी उपमहानगरका प्रमुख द्धवारीकालाल चौधरीको भनाई छ । उहाले स्थानिय सरकार पनि सेनासंग सहकार्य गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्