सरकार कहाँ छ ? भन्नेलाई प्रधानमन्त्री ओलीको गतिलो जवाफ



११ मंसिर २०७५, काठमाडौँ

सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २५ बर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले ‘श्रमको सम्मान सहित नयाँ प्राणालीको थालनी गर्दै, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भमा ‘सरकार कहाँ छ’ भनेर प्रश्न गर्नेहरुलाई गतिलो जवाफ दिएका छन् ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले ९ महिनामा धेरै काम गरेको दावी गर्दै मेलम्ची खानेपानी आयोजनाले पूर्णता नपाएको कारण आफ्नो सरकारले विभिन्न आलोचना खेपेको दावी गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भएपछि दिनरात काम भइरहेको समेत जानकारी गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना कोक्रोमा आउँदादेखि कात्रोमा नबेरिएसम्म सबैका लागि भएको दावी गरेका छन् ।

‘केही दिनमा मेलम्ची आउँछ त्यसले जवाफ दिन्छ सरकार कहाँ छ । बाटोमा धुलो उड्न छाडेको छ । सडक सफा गरिएको, सडक धोइएको, जता फर्क्यो त्यतै सरकार देखेपछि सरकार कहाँ छ भन्नेहरु चुप लाग्नुहुन्छ,’ प्रधानमन्त्रीले भनेका थिए ।

‘सामाजिक सुरक्षा योजना भनेको उमेरमा बिउ रोप्नेले पछि बसी बसी खान पाउने पनि हो । बुढेसकालमा पसिनाको प्रतिफलको रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना हाजिर हुन्छ । सामाजिक सुरक्षा भनेको ढिकुटीमा भर्दै अघि बढ्ने विधि हो,’ सुरक्षा योजनाबारे ओलीले प्रष्ट पार्दै भनेका थिए ।

पहिलो सामाजिक सुरक्षा दिवसमा  प्रधानमन्त्री  ओलीद्वारा  प्रस्तुत मन्तव्यका मुख्य बुँदाहरु : 

प्रतिक्रिया दिनुहोस्