शहिद स्मारक ए डिभिजन लिग : पहिलो हाफमा सतप्रतिशत जित निकाल्ने मनाङको अग्रता



११ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले मनाङ मर्स्याङ्दी र एपीएफबीच चलिरहेको खेलको पहिलो हाफमा मनाङले अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको खेलको पहिलो हाफमा मनाङले एपीएफविरुद्ध २ गोल हानेको छ ।

खेलको ४५ मिनेट बित्न लाग्दा विपक्षको ‘डी’ बक्सभित्रको ह्याण्डबललाई आधार बनाउँदै प्यानल्टीबाट मनाङले सजिलै दुई गोल बनाउन सक्यो । एपीएफले पहिलो हाफको समय सकिदाँसम्ममा १ गोल फर्काएको छ भने, १ गोल भने ऋणस्वरुप बाँकी नै छ । अहिलेसम्मको नतिजा हेर्ने हो भने, सतप्रतिशत जितलाई लिएर अगाडी बढ्ने टोली मनाङ हो । यता एपीएफले भने एक जित, एक हार तथा एक खेल बराबरीको रेसियोमा लगिरहेको छ ।

चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो ।
एपीएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको उसले तेस्रो खेलमा ब्रिगेड ब्वाईजसंग पराजित हुन पुगेको थियो । मनाङ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एपीएफ ४ अंक सहित आठौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्