शहिद स्मारक ए डिभिजन लिग : खेलको सुरुवाती समयमै मनाङका ओडोलाजा नायक



११ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले मनाङ मर्स्याङ्दी र एपीएफबीच चलिरहेको खेलको सुरुमै मनाङले अग्रता पाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलको १९ मिनेट पनि नवित्दै मनाङका ओडोलाजाले गोल गरे । दिउँसो २ः३० मा सुरु भएको खेलमा दुबै टिम जितलाई आफ्नो पोल्टामा बनाउने दाउमा दखिन्छन् । मनाङको सोे गोलसँगै एपीएफ आक्रमक दखिएको छ ।

यसअघि भएको खेलमा सरस्वती क्लबले बिग्रेड ब्वाईजलाई २–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्