शहिद स्मारक ए डिभिजन लिग : सरस्वतीद्वारा बिग्रेड पराजित



११ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा सरस्वती युथ क्लबले बिग्रेड ब्वाईजलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले ब्वाईजलाई २–१ ले हराएको हो । सरस्वतीका लागि फ्रान्सिस तथा विनोदले १\१ गोलको योगदान गरे । जितसँगैं सरस्वतीले ३ खेलबाट अंक जोडेको छ । सरस्वती सातौं स्थानमा उक्लिएको छ, भने बिग्रेड ३ अंक जोड्दै ११ स्थानमा छ ।

आज दुई खेल हुनेमा दिउँसो २ बजे अर्को खेल सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्