गोल गर्दा भन्दा पनि खेल मिलाएर खेल्दा खुसी लाग्छ : लियोनेल मेस्सी



११ मंसिर २०७५, काठमाडौं

विश्व फुटबलका जादुगर तथा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले आफुलाई गोल गर्दाभन्दा पनि साथीहरुसँग खेल मिलाएर खेल्दा मज्जा र खुसी लाग्ने बताएका छन् ।

खेल सुरु गरेदेखि नै संयौं अवार्डहरुबाट अवार्डेड मेस्सीले अझैं यस्तो खालको अवार्डहरु हात पार्नमा उत्सुक रहेको बताउँदै त्यो साथीहरुको साथबिना सम्भव नहुने बताएका हुन् ।

उनले भने, ‘मेरो मुख्य उद्देश्य नै मेहनतका साथ राम्रो खेल्दै जानु हो, मैले के पाए भन्दा पनि म के पाउन सक्छु ? भन्ने भनाईका साथ म खेलमा लागिरहेको छु ।’

यूनिस्पोर्टस र एडिडासको व्यवसायिक प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे, ‘हरेक दिन मेरो खेल सुधार भईरहेको छ, अझैं म मेरो खेललाई सुधारेर अझैं यस्ता अवार्डहरुलाई हात पार्न चाहन्छु । ‘

११ वर्षको हुँदा शारिरीक विकास को हार्मोन कम देखिएपछि उपचारको माध्यमबाट आएका मेस्सी अहिले विश्व फुटबलको शिखरमा छन् ।
उनी भन्छन्, ‘अझै म मेरो खेललाई अब्बल बनाउनेतिर लागिरहेको छु । मलाई गोल गर्दाभन्दा पनि साथीहरुसँग खेल मिलाएर खेल्दा खुसी लाग्छ ।’

यो पनि पढ्नुहोस्

फुटबलका जादुगर मेस्सी, पावरभन्दा टेकनिक बेसी

प्रतिक्रिया दिनुहोस्