इनरुवा बसपार्क निर्माण अन्तिम चरणमा : सञ्चालनको तयारी



११ मङ्सिर २०७५, इटहरी

राईका जिल्ला सदरमुकामलाई बिकसीत बनाउने योजनाका साथ नेपाल सरकारले सुरु गरेको ‘स्मार्टमा सिटी कार्यक्रम’ सुनसरीमा प्रभावकारी बनेको छ । जिलला सदरमुकाम भएपनि सोहि जिल्लाका अन्य सहर भन्दा पछाडी रहेको इनरुवा नगरपालिकामा उक्त योजनाका कामले बिकासमा प्रभावकारीता देखाएको हो ।

नेपाल सरकारको स्मार्ट सिटी योजना अन्र्तगत निर्माण हुदै गरेको इनरुवा वस पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संघिय सरकारको संघिय सहरी विकास आयोजना कार्यान्वयन इकाईको मुख्य लगानि रहेको बसपार्क निमार्णमा इनरुवा नगरपालिकाले जग्गा उपलव्ध गराएको छ भने व्यवस्थापकिय सहयोग समेत नगरपालिकाले नै गरीरहेको ।  निमार्णको अन्तिम चरणमा पुगेको आधुनिक वस पार्क चाडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले वताए ।

एक विगाह क्षेत्रफलमा फैलिएको पार्कमा कुल दस करोडको लागतमा एक टर्मिनल भवन सहित यात्रु प्रतिक्षालय , गाडि विग्रदा वनाउने ठाउँ (मेन्टेनेन्स क्षेत्र) ,यात्रुहरुलाई वास वस्न मिल्ने रेष्टुरेन्ट , सुरक्षाका लागि सिसी टिभी क्यामरा , सोलारवत्ती जडान गरिसकिएको सघिय सहरी विकास अयोजना कार्यवन्यन इकाई विराटनगरका सव इन्जीनियर राजकुमार मिश्रले जानकारी दिए ।

वसपार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कालिका कन्ट्क्सनका इनजीनियर प्रेम लामाले सम्झौता समय अघि नै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न लागेको जानकारी दिएका छन् । वर्सपार्कमा पुर्व तथा पश्चिम दुवै तर्फबाट प्रवेश गर्ने तथा बाहिर निस्कने व्यवस्था सहितको एक किलो मिटर सडक समेत निर्माण कार्य सम्पन्न भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्