आजदेखि दोस्रो दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनपसिप सुरु



११ मंसिर २०७५, काठमाडौं

दोस्रो दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनपसिप आजबाट काठमाडौंमा सुरु हुँदै छ । एशियाको विकास कार्यक्रम अन्तर्गत हुने खेलमा नेपालसहति भारत, श्रीलंका माल्दिभ्स तथा बंगलादेशको सहभागिता रहने जनाईएको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा हुने खेल आगामी १६ गतेसम्म चल्ने छ । नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने प्रतियोगितामा नेपालको तर्फबाट ४ महिला खेलाडी तथा ४ पुरुष खेलाडीले भाग लिने बताईएको छ । दक्षिण एशियामा ब्याडमिन्टनलाई ब्यवसायिकता प्रदान गर्नका लागि आयोजना हुने गरेको खेलको पहिलो संस्करण भारतको गुहाटीमा सम्पन्न भएको थियो । सो खेलमा नेपालले रजत पदक भित्र्याएको थियो ।

खेलमा पुरुष–महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम इभेन्ट्स गरी छ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्