ईङलिस प्रिमियर : न्यु क्यासलद्वारा बर्नली पराजित



११ मंसिर २०७५, काठमाडौं

ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा न्यु क्यासल युनाईटेडले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । क्यासलका लागि सिरायन क्लार्कले गोल गरे ।

१३ खेलको समाप्तीमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको न्यु क्यासलले समान अंकको वेष्टह्याम युनाईटेडलाई पछि पारेको हो । खेलको ४० औँ मिनेटमा एक गोल फर्काएपनि बर्नलीले घरेलु मैदान र दर्शकको फाईदा भने लिन सकेन् । ५६ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा राखेको बर्नलीका आधा दर्जन प्रहार असफल बनेका थिए ।

बर्नली रेलिगेशन जोन भन्दा एक स्थान मात्र माथि १७ औँ स्थानमा छ । जितसँगै न्यु क्यासल तालिकाको १३ औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्