सन्दीप अनुबन्धित किङ्स विकेटविहीन



११ मंसिर २०७५, काठमाडौं

यूएईको टी–१० मा ब्यस्त नेपाली लेग स्पेनर सन्दीप लामिछाने अनुबन्ध टिम केरला किङ्स प्रतियोगिताको पहिलो पटक विकेटविहिन बनेको छ । शारजाह क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा सन्दीप लामिछानेको टिम केरला किंग्स पन्जाविक लेजेन्डस्सँग ३६ रनले पराजित भएको हो ।

१०८ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको केरलाले ८।२ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो । केरलाका लागि क्रिस गेलले ३५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् । नेपालका सन्दीप लामिछाने एक रनमा अविजित रहे । केरलालाई सस्तैमा समेट्ने क्रममा पन्जाविकका हसन खानले ४ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाविकले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा १०७ रन बनाएको थियो । पञ्जाविकका लागि उमर अक्मलले ३० रन बनाएका थिए ।

बलिङतर्फ मोहम्मद नाभिदले २ विकेट लिए । नेपालका सन्दीप भने यो खेलमा महंगो सावित भए । उनले २ ओभरमा २८ रन खर्चिए ।सन्दीपले यसअघिका तीन खेलमा लगातार विकेट लिएका थिए । राजपुतस्विरुद्ध २ विकेट लिएका थिए । त्यस्तै, केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्