प्रधानमन्त्री ओलीको निमन्त्रणामा सुकी नेपाल आउँदै



१० मंसिर २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शार्मा ओलीको निमन्त्रणामा म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी नेपाल आउने भएकी छिन् । उनी यसै साता नेपाल आईपुग्ने बताईएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सुकी यही मंसिर १३ गते नेपाल आउने तय भएको छ । उनले १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यसूचि तय भएको परराष्ट्रले जनाएको छ ।

सुकी यही १४ गतेदेखि काठमाडौंमा हुन लागेको एसिया प्रशान्त सम्मेलन–२०१८मा पनि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्