शहिद स्मारक ए डिभिजन लिग : थ्री स्टारद्वारा एआरटी पराजित, जीतसँगै तालिकाको दोस्रो स्थानमा



१० मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा थ्री स्टारले न्युरोड टिम (एआरटी) लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्मा भएको खेलमा थ्री स्टारले एआरटीलाई २–० ले हराएको हो ।थ्री स्टारका लागि रन्जित धिमाल र अजयी मार्टिनले एक–एक गोलको योगदान गरे । दिउँसो २ः३० बजे सुरु भएको खेलको पहिलो हाफसम्म बराबरी खेलेका टोलीहरुले खेलको दोस्रो हाफमा प्रवेश गर्नसाथ थ्री स्टारले राम्रो नतिजा ल्याउन सकेको हो ।

यस जितसँगै थ्री स्टारले ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आसिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्