शहिद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा एआरटी र थ्री स्टारको गोलरहित बराबर



१० मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले न्युरोड टिम (एआरटी) तथा थ्री स्टारबीच चलिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलको पहिलो हाफमा बलियो मानिएको दुबै टोलीले गोलरहित खेलेका हुन् । जितलाई आफ्नो पोल्टामा पार्नलाई मैदान उत्रेको टोलीले खेलको पहिलो हाफ सकिदाँसम्म केही फरक नतिजा ल्याउन सकेका छ्रैनन् ।

उता, हलचोकस्थित एपीएफ खेल मैदानमा पनि नेपाल पुलिस र च्यासलबीच कडा प्रतिस्पर्धा भईरहेको छ । यसअघि भएको खेलमा आर्मी क्लबले संकटालाई ५–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्