इटालियन सिरी ‘ए’ : युभेन्टसद्वारा एसपिएएल पराजित,रोनाल्डोको नाममा एकैसाथ दुई रेकर्ड



१० मंसिर २०७५, काठमाडौं

इटालियन सिरी ‘ए’ फुटबलमा गत राति भएको खेलमा लिग लिडर युभेन्टसले एसपिएएललाई २–० हराएको छ । सो खेलपछि टोलीका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एकसाथ दुईटा रेकर्ड बनाउन भ्याएका छन् । एसपिएललाई २–० ले हराउनेक्रममा १ आकर्षक गोल गरेका रोनाल्डोले दोस्रो गोलमा पनि भूमिका खेलेका थिए । उनकै पासमा डग्लस कोस्टाले हानेको प्रहार गोलरक्षकबाट रिबाउन्ड भएको आएको बलमा मारियो मान्डुज्कीले गोल गरेका थिए ।

सो खेलपछि रोनाल्डोले एकसथ दुईटा रेकर्ड बनाएका हुन् । पहिलो रेकर्ड– उनले सिरी ‘ए’मा युभेन्टसका लागि गरेको गोल संख्या ९ पुगेको छ । उनले ६ गोलका लागि पाससमेत मिलाएका छन् । त्यस्तै, उनले च्याम्पियन्स लिगमा पनि १ गोल गरेका छन् । इटाली गएपछि अफिसियल खेलमा १० गरेका ३३ वर्षीय रोनाल्डो अब युभेन्टसको इतिहासमै डेब्यु सिजनमा सबैभन्दा चाँडो १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि कुनै पनि खेलाडीले डेब्यु ९पहिलो० सिजनमा यति छिटो १० गोल गर्न सकेका थिएनन् । दोस्रो रेकर्ड– रोनाल्डो सन् २०१८ मा ३९ गोलमा सहभागी भएका छन् । उनले ३१ गोल गरेका छन् भने ८ गोलका लागि असिस्ट गरेका छन् ।

यससँगै रोनाल्डोले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वारेजले युरोपका शीर्ष पाँच लिगका बनाएको सो रेकर्डसँग रोनाल्डोले पनि बराबरी गरेका छन् । यो लिग फुटबलको मात्रै तथ्यांक हो । रोनाल्डोलाई युभेन्टसले यसै सिजनको सुरुमा स्पेनको रियल मड्रिडबाट १ सय १७ मिलियन युरोमा अनुबन्ध गरेको थियो । इटाली पुगेयता सुरुआती ३ खेलमा गोलविहीन बनेका रोनाल्डोले त्यसयता लगातार गोल र असिस्ट गदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्