शहिद स्मारक ए डिभिजन : संकटाविरुद्ध आर्मीको ५ गोल



१० मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज विहान भएको खेलमा संकटाविरुद्ध आर्मीले जित निकालेको छ । सातदोबाटोस्थित विहान ११ बजे सुरु भएको खेलमा आर्मीले संकटालाई ५–१ को फराकिलो जित निकालेको हो ।

खेलको पहिलो हाफमै २–१ को अग्रता लिएको आर्मीले खेलको निर्धारित समयसम्म आईपुग्दा ५ गोल हान्न सकेको हो । आर्मीको जितमा टेक बहादुर बुढाथोकीले ठुलो योगदान गरे ।
त्यसैगरि कप्तान भरत खवासले १ सन्तोष तामाङले १, दिनेश हेन्जनले १ गोल गरे । विरुद्धमा संकटाले भने मुस्किलले १ गोल फर्कायो ।

प्रतियोगितामा आज ३ खेल हुनेमा अब दुई खेल बाँकी छन् । दिउँसो २ बजेर ३० मिनेटमा दुई खेल हुने छन् । एकै समयमा दुई खेल हुने छन् । जसमा एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने, अर्को खेल हलचोकस्थित एपीएफलको खेल मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्