शहिद स्मारक ए डिभिजन लिग : आज तीन खेल हुँदै



१० मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ भने, एक खेल एपीएफल खेल मैदानमा हुने छ ।

आजको पहिलो खेलमा नेपाल आर्मी क्लब तथा संकटाबीच प्रतिस्पर्धा सुरु भएको छ । त्यस्तै खेलको दोस्रो खेलमा थ्रीस्टार तथा न्युरोड टिम (एआरटी) आमने सामने हुने छन् । त्यसैगरि तेस्रो खेलमा नेपाल पुलिस तथा च्यासलको खेल भने एपीएफको खेल मैदानमा हुने छ ।
अहिले आर्मी तथा संकटाको खेल सुरु भईसकेको छ ।

दुई खेल भने एकै समय अर्थात २ः३० बजे हुने छ । जसमा एक खेल एन्फा कम्प्लक्समै हुने छ भने एक खेल एपीएफ मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्