महिला विरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना सन्देश व्यक्त



०९ मङ्सिर २०७५, काठमाडौं

प्रत्येक वर्ष २५ नोभेम्बरका दिन मनाईने महिला विरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईको सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गरेकी छिन् ।

संयुक्त राष्ट्र संघको महासभाले नोभेम्बर २५ लाई महिला विरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस पारित गरेसँगै नेपालमा पनि “लैंगिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाईएको छ ।

बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानूनले निषेध गरेतापनि अन्धविश्वास, कुरिति, कुसंस्कारले गर्दा नेपाली समाजमा अझैपनि महिलाहरु हिंसा, विभेद र अपमानकाको शिकार हुन बाध्य भएका छन् । तसर्थ राष्ट्रपति भण्डारीले महिला विरुद्ध हुने हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यको सफलताका लागि राष्ट्रपति, भवन शितलनिवासबाट शुभकामना व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्