
०९ मङ्सिर २०७५, काठमाडौं
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन बूढानीलकण्ठ नगर अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले खेमराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको हो ।

बूनपा बाँसबारीमा सम्पन्न अधिवेशनले राधेश्याम श्रेष्ठ उपाध्यक्ष, टीका गौतम सचिव, दशरथ ज्ञवली सहसचिव, प्रदिप श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरु माधवराज सिवाकोटी, गणेश मिश्र, शंकर भट्ट, बसन्तलाल लामिछाने, प्रदिप खनाल र कृष्ण लामिछानेलाई चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्याब्सनका विविध आयाम नीजि तथा हकअधिकारको विषय बस्तु एवं नीजि क्षेत्रका शैक्षिक संस्थाहरुले खेलेको भूमिकाको चर्चा गर्नु भयो । अध्यक्ष श्रेष्ठले नेतृत्व रहर नभई आवश्यक्ता भएको बताउँदै सबै नगर कमिटीहरुमा सर्वसम्मतीले नेतृत्व चयन भईरहेको र सर्वसम्मती नै प्याब्सनका लागि महत्वपूर्ण रहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा बोल्दै काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष गोपाल आचार्यले पाठ्यक्रमलाई समयानुकुल सुधार तथा परिमार्जन गर्दै शिक्षण सिकाई प्रकृयालाई अझ प्रभावकारी बनाउदै लानु पर्ने आवश्यकता रहेको बताउनु भयो । एक प्रसङ्गमा पूर्व अध्यक्ष आचार्यले शिक्षित वर्गले समाजलाई नेतृत्व गर्नुपर्ने कुरामा समेत जोड दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष खेमराज घिमिरेले परिवर्तन खबर डटकमसँगको संक्षिप्त कुराकानिमा मंसिर २० देखी हुनलागेको परिक्षाको केन्द्र तोक्ने र त्यो परिक्षालाई नगरसँग संयोजन गर्ने बताउनु भयो । अध्यक्ष घिमिरेले गुणस्तरीय शिक्षा, बालमैत्री वातावरण, सजायमुक्त शिक्षण सिकाई, सेमिनार, गोष्ठी, छलफल तथा शिक्षक तालिम लगायतका कार्यहरु सुरु गर्ने बताउनु भयो ।
परिबर्तन खबर संग कुरा गर्ने क्रममा काठमाडौं प्याब्सनका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख प्रेम राइले राज्यले निजी बिध्यालयलाई सहयोगीकोरुपमा हैनकी समस्याकोरुपमा लिइरहेको बताउदै अब राज्यले निजी विद्यालयको योगदानलाई कदर गरि देशको समृद्धिकालागी निजी विद्यालयसंग हातेमालो गर्दै जानु पर्ने कुरामा जोड दिनु भयो । उहाले अब काठमाडौं महानगरपालिका लगायत ६ वटा नगरपालीकामा अधिवेसन गर्न बाकी रहेको र सो अधिवेसन मङ्सिर १५ गते भित्र गरिसक्ने उपाध्यक्ष राइले बताउनु भयो ।
कार्यक्रममा प्रल्हाद प्रसाद खनाल, श्याम मल्ल ठकुरी लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए भने कार्यक्रम सञ्चालन विवेक विनयीले गर्नु भएको थियो ।





