चौथो अन्तराष्ट्रिय थाङ्ता उशुमा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो



०९ मंसिर २०७५, काठमाडौं

भारतको मणिपुरमा दुई दिन अगाडी सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो भएको छ । नेपालले १६ वटा रजत पदक जित्न सफल भएको छ ।

प्रतियोगिता पहिलो भने भारत भएको छ । भारतले १८ वटा स्वर्ण जित्यो । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागी प्रतियोगितामा म्यानमारले एक, बंगलदादेशले २ स्वर्ण पदक जितेको जनाईएको छ । नेपालका तर्फबाट कृष्णकुमार श्रेष्ठले स्वर्ण जिते । यसैगरी गणेश श्रेष्ठ, पूर्णबहादुर राई, विनय रसाइली र मुकेस मल्लिकले एक–एक स्वर्ण हात पारे ।

नेपालकी दिलकुमारी श्रेष्ठले भने २ वटा स्वर्ण जितिन् । उनले दुवै स्टाइलमा स्वर्ण जितेको प्रमुख प्रशिक्षक छत्रबहादुर अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा नेपालका कृष्णकुमार तामाङ वेष्ट फाइटर घोषित भए ।

प्रतिक्रिया दिनुहोस्