
०८ मङ्सिर २०७५, इटहरी
पूर्वी पृतना हेड क्वाटरले आजबाट प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम सुरु गरेको छ । २ दिन सम्म चल्ने कार्यक्रको उदघाटन पृतनापति समीर शाहीले बिहान एक समारोहका विच समुद्घाटन गर्नु भएको थियो ।
उक्त प्रतियोगितामा हाफ म्याराथोन, महिला तथा पुरुषहरुको लागि छुट्टाछुट्टै १० किलो मिटर दौड, १३ देखी १६ बर्षका बालबालिकाहरुको लागि छुट्टाछुट्टै ५ किलोमिटर दौड, खुल्ला साइक्लिङ तथा वाकथोनको आयोजना गरिएको थियो ।

प्रतियोगिताको हाफ म्याराथोन तर्फ नेपाली सेनाका सिपाही जितेन्द्र दनुवार, नेपाली सेनाकै सिपाही गजेन्द्र राई र दमक रन क्लवका याङ्गदेव राई क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् । त्यसैगरी १० कि.मि. दौडको महिला तर्फ सुनसरीकी निकी लिम्बु प्रथम, झापाकी चन्द्रकला भुजेल द्धितिय र सुनसरीकी यशोधा चौधरी तृतिय भएका छन । पुरुष तर्फ मोरङका बिनोस लिम्बु प्रथम, पाँचथरका हर्क बहादुर लुहावुण द्वितीय र पांचथरकै बालान्द लिम्बु तृतिय भएका छन् ।
५ कि.मि.दौड छात्रा तर्फ जनता मा.वि.सुनसरीकी भिमा लिम्बु प्रथम, हाम्रो ईङलिस बोर्डिङ स्कुलकी सविता श्रेष्ठ द्धितिय र मोडर्न पब्लिक स्कुलकी सर्मिला उराउ तृतिय भएका छन् । छात्र तर्फ चिल्ड्रेन्स एकेडेमीका किरण लिम्बु प्रथम, हिमाली स्कुलका नविन गुरुङ द्धितिय र हिमालय सेकेण्डरी स्कुलका भुषण ठाकुर तृतिय भएका छन् । त्यस्तै खुल्ला साईक्लिङ तर्फ ललितपुरका ओकेशराज बज्राचार्य प्रथम, सुनसरीका अभिषेक राई द्धितिय र सुनसरीकै दिपक जिमि मगर तृतिय हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुन सफल खेलाडीहरुलाई पृतनापति समीर शाही लगायत इटहरीका प्रतिष्ठीत व्यक्तीहरुले पुरस्कार बितरण गरेका थिए । कार्यक्रमको १२ सय भन्दा बढी ब्यक्तीले अवलोकन गरेको पुर्वी पृतना हेडक्वाटरका जनसम्पर्क अधिकृत प्रकाश कुमार उप्रेती जानकारी दिनुभएको छ ।





