चैनपुरमा प्रदेश नम्बर १ कै पहिलो भूकम्प मापन केन्द्र निर्माण कार्यको सुरुवात



०९ मंसिर २०७५,संखुवासभा

संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा प्रदेश नम्बर १ कै पहिलो भूकम्प मापन केन्द्र निर्माण कार्यको सुरुवात भएको छ ।

चैनपुर नगरपालिकाको समन्वय, नेपाल सरकार उद्योग मन्त्रालय खानी तथा भूगर्भ विभागको र चीन सरकारको सम्झौता अनुसार चीन सरकारको सहयोगमा संचालितPost Disaster Reconstruction Aid कार्यक्रम अन्तर्गत नेपालका विभिन्न स्थानमा भूकम्प मापन केन्द्र स्थापना गर्ने क्रममा चैनपुर नगरपालिका वडा नं. ८ वानेश्वर डाँडामा भूकम्प मापन केन्द्र निर्माण चिनियाँ प्रविधि Zhou Jianchao And Fan Xiaoyong को काम सुरु भएको हो ।

उक्त भूकम्प मापन केन्द्रबाट संखुवासभा ,तेह्रथुम, भोजपुर र धनकुटा जिल्लाहरुमा भूकम्प गएको जानकारी सेकेण्डमै खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौमा पुग्ने निर्माणमा संलग्न विज्ञले जानकारी दिएका छन् । शनिबार चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्री, प्रशासकिय प्रमुख श्री अर्जुन निरौला तथा वडा नं. ८ का वडाध्यक्ष भरत खड्काले निर्माणधिन मापन केन्द्रको अनुगमन गरे ।

अनुगमनका क्रममा नगर प्रमुख खत्रीले निर्माण कार्यमा केही समस्या भए तुरुन्त नगरपालिकामा जानकारी दिएमा सो समस्याको व्यवस्थापनका लागि आर्फै लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । गत मंसिंर पाँच गतेदेखि सुरु गरिएको उक्त केन्दको निर्माण कार्य दुई साताभित्रै सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्