विपक्ष टोलीको समर्थकद्वारा आक्रमण, दुई खेलाडी गम्भिर घाईते



०९ मंसिर २०७५, काठमाडौं

अर्जेन्टाईन क्लब रिभर प्लेटको समर्थकद्वारा बोका जुनियर्सको खेलाडीमाथि आक्रमण गरेका छन् । निर्धारित समयभन्दा २ घण्टा ढिलो भएका कारण समर्थकहरुले आक्रमण गरेको बताईएको छ ।

दक्षिण अमेरिकाको क्लब च्याम्पियनसिप कोपा लिबेर्टाडोरेसको फाईनलको दोस्रो खेल खेल्नका लागि उनीहरु बसमा सवार थिए । सोही समयमा उनीहरुमाथि आक्रमण भएको हो । आक्रमण गरेपछि जुनियर्सका दुई खेलाडी गम्भिर घाईते भएका छन् । स्ट्राईकर कार्लोज भेटेज त्यस्तै अर्का खेलाडी पाब्लो पेरेज पनि घाईते भएका जनाईएको छ ।

घाईतेहरुलाई आँखामा ठुलो चोट लागेको बताईएको छ । बसको झ्यालको सिसा फुटि उनीहरुलाई घाईते भएका हुन् । घाईते खेलाडीहरुलाई एम्बुलेन्सको माध्यमबाट अस्पताल पुर्याई उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्