गर्भवती महिलाका लागि हवाई सेवा निःशुल्क हुँदै



०९ मंसिर २०७५, काठमाडौं

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएको छ ।

सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्ने जनाईएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ ।

विशेष गरि ग्रामिण क्षेत्रका महिला तथा तत्काल जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दे सो विधेयक पारित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्