लि लिगा : बार्सा र एथ्लेटिकोको अंक बराबरी, रियलको लज्जास्पद हार



०९ मंसिर २०७५, काठमाडौं

स्पेनिस ला लिगा अन्तर्गत शीर्ष टोली बार्सिलोना र एट्लेटिको मड्रिडले एक एक गोलको बराबरी खेलेका छन् ।

शनिबार राति एट्लेटिकोको घरेलु मैदान स्टाडियो वाण्डा मेट्रोपोलिटानोमा भएको खेलमा ओस्मान डेम्बेलेले गरेको अन्तिम समयको गोलले बार्सिलोनाले हार टार्न सफल भयो । खेलको अन्तिम मिनेटमा लियोनल मेस्सीको पासमा डेम्बेलेले बराबरी गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भए पनि खेलको ७७ औं मिनेटमा डिएगो कोष्टाको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो ।

घरेलु दर्शकले खचाखच मैदानमा एट्लेटिकोले अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो । बराबरीपछि बार्सिलोना र एट्लेटिको मड्रिड समान १३ खेलबाट २५ र २४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । शनिबार राति नै भएका अन्य खेलमा भ्यालेन्सियाले रायो भालेकानोलाई ३–० गोलले हराउँदा रियल मड्रिड एइबारसँग ३–० गोलले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्