आईसीसी विश्वकप महिला क्रिकेटको उपाधी अष्ट्रेलियालाई



०९ मंसिर २०७५, काठमाडौं

आईसीसी टि–20 महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । वेष्ट इन्डिजमा आज विहान भएको फाइनलमा इंग्ल्यान्डलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधिजितेको हो ।

१०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । अष्ट्रेलियाका लागि अश्लेइघ गार्डनरले अविजित ३३ र कप्तान मेग लनिङले अविजित २८ रन बनाएसँगै अष्ट्रेलियाले उपाधि जितेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमा १०५ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि ड्यानिली व्याटले रन बनाएकी थिइन् । बलिङतर्फ अष्ट्रेलियाकी अश्लेइघ गार्डनरले ३ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्