
०८ मङ्सिर २०७५, काठमाडौं
स्मरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १ दिने सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम ॐ साई पार्टी प्यालेस पुरानो बानेश्वरमा सम्पन्न भएको छ ।

१ लाख भन्दा बढी बचत गर्ने सदस्यहरूलाई केन्द्रित गरि आयोजना गरिएको कार्यक्रममा ६५ जना सदस्यहरु सहभागी भएका थिए ।

कार्यक्रमको संचालन प्रबन्धक निर्मल प्रसाद हुमागाँई र प्रशिक्षण नेफ्सुनका प्रशिक्षक सचिन भट्टराईले दिएका थिए ।





