मुख्यमन्त्री राई र राजदुत भानक्यापलर बिच छलफल



०७ मङसिर २०७५, इटहरी

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालका लागि स्विटजरल्याण्डका राजदुत सहितको टोलिसँग भेटवार्ता गरेका छन् । विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता र छलफल भएको हो ।

छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भानक्यापलर, डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्जलार्बीको सहभागिता थियो ।

टोलीसँग प्रदेश सरकारका प्राथमिकता, सहयोगको क्षेत्र, समस्या र चुनौतीको बारेमा छलफल भएको थियो । मुख्यमन्त्री राईले प्रदेश सरकारले अगाडी सारेका योजना, काम लगायतका बारेमा टोलीलाई जानकारी गराएको राईका प्रेस संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।

संविधानमा उल्लेख भएको अधिकार प्रदेश सरकारले प्रयोग गर्दे अगाडि बढिरहेको बताउँदै मुख्यन्त्री राईले प्रदेश १ को विशेषता, सम्भावनाका बारेमा अवगत गराएका थिए ।

राजुदुत क्यापलरले नेपालले हासिल गरेको उपलब्धी संसारका लागि उदाहरणीय भएको बताउदै छलफलबाट प्रदेशको भूमिका बुझ्न राम्रो अवसर मिलेका जानकारी गराए ।

विश्व बैंकका प्रतिनिधि लारर्बीले प्रदेश सरकारसँग सहकार्य गर्न आतुर रहेको बताए । संघीय सरकारको अनुमतिमा अहिले सबै प्रदेश सरकारसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्