
०७ मङ्सिर २०७५, इटहरी
सुनसरीको इटहरी उपमहानगरपालीकाले १६ दिवसीय महिला हिंसा बिरुद्धको अभियान संचालन गर्ने भएको छ । आज इटहरीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी गराउनुभएको छ ।
समाजमा भएका बिभिन्न किसिमका महिलामाथि हुने दुर्व्यवहारका वारेमा नगरवासीलाइ सचेत तथा सजक बनाउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम आइतवारबाट सुरु हुने जानकारी गराइएको छ ।
२४ गते सम्म संचालन गरिने कार्यक्रममा रेडियो कार्यक्रम, प्रभातफेरी सेतो रिबन बितरण कार्यक्रम, कानुनबारे सचेतना तथा अन्तरक्रिया कार्यक्रम, मानब बेचबिखन ओसारप्रसार श्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम, एच आइ भी एड्स बिरुद्ध दिबस कार्यक्रम, महिला हिंसा बिरुद्ध नाटक कार्यक्रम, अपाङ्ग दिवसको अवसरमा अपाङ्गमैत्री विद्यालयलाई सम्मान, अपाङ्गमैत्री घरको उद्घाटन, उद्यमी महिलालाई लैङ्गीक हिंसा सम्बन्धी कार्यक्रम, लैङ्गीक हिंसामा पुरुषको भुमिकाको बारेमा सहकार्य, अपाङ्गमैत्री विद्यालय बनाउने प्राविधिकलाई अन्तरक्रिया, लैङ्गीक हिंसा दिवस, बिभिन्न कलेजका विद्यार्थीलाई जानकारी लगायतका कार्यक्रम रहेको उपमेयर गौतमले जानकारी दिनुभयो ।





