आयो ‘एचआईभी’ भन्दा खतरनाक नयाँ रोग ‘सेक्स सुपरबग’!



०७ मंसिर २०७५, काठमाडौं

संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ ।

यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ ।

हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यसबाट बच्न मुस्किल हुने बताएका छन् । हवाईको स्वास्थ्य विभागले सुपरबगको रोकथामका लागि नयाँ ‘एन्टिबायोटिक’ पत्ता लगाउन सरकारसँग ५४ मिलियन डलर राशी माग गरेका छन् ।

वरिष्ठ चिकित्सकहरुले सुपरबगलाई कुनै पनि औषधीले छुन नसक्ने बताएका छन् । चिकित्सकका अनुसार सेक्स सुपरबगलाई ‘गोनोरिया एच ०४१’ नामबाट पनि चिनिन्छ । सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो । यसपछि यो हवाईमा फैलिएको थियो ।

अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ । हवाईमा पहिलो पटक सन् २०११ मा सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो ।

हवाईका चिकित्सकहरुले पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् । चिकित्सकहरुले सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको बताएका छन् । यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको भनाई छ ।

विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन सक्ने जनाएका छन् । जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्