आइसीसी टी–२० महिला विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै



०७ मंसिर २०७५, काठमाडौं

आइसीसी टी–२० महिला विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन् । सेमिफाइनलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई ७१ रनले पराजित गर्यो भने इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो ।

पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि एजे हेलीले सर्वाधिक ४६ रन बनाइन् । १४३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्टिज १७.३ ओभरमा ७१ रनमै अलआउट भयो। उसका कप्तान टेलरले १६ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । अष्ट्रेलियाकी पेरीले २ ओभरमा १ मेडन राख्दै २ रन मात्र खर्चेर २ विकेट लिइन् ।

दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर ११२ रन बनायो । इंग्ल्याण्डले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्