टी–१०–सन्दीप अनुबन्ध टिम केरला किङ्स हार बेहोर्दै



०७ मंसिर २०७५, काठमाडौं

युएईमा जारी टी–१० क्रिकेट लिगमा सन्दीप लामिछाने अनुबन्ध टोली केरला किङ्सले हार बेहोरेका छ । बिहीबार राति भएको खेलमा सिन्धिससँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । यद्यपि, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले भने विकेट लिन सफल भएका थिए ।

१०४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिन्धिसले ७.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । सिन्धिसका लागि कप्तान शेन वाट्सनले अविजित ५० रन बनाए । उलने २४ बलमा चार छक्का चार चौका प्रहार गरेका थिए । त्यस्तै, एन्टोन डेभिचले ४९ रन बनाए ।
बलिङतर्फ सन्दीपले दुई ओभर बलिङ १४ रन खर्चेर एक विकेट लिएका थिए । उनले राम्रो बलिङ गरेपछि अन्य बलर चल्न नसक्दा केरलाले नौं विकेटको फराकिलो अन्तरले हार ब्यहोरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केरलाले १० ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । उसका लागि वायन पार्नेलले अविजित ५९ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्