शहिद स्मारक ए डिभिजन लिग : एपीएफविरुद्ध विग्रेडको पहिलो जित



०७ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गअ आज भएको पहिलो खेलमा विग्रेड ब्वाईले एपीएफलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाईजले एपीएफलाई ३–१ ले हराएको हो । उसको लागि यो ए डिभिजन लिगकै पहिलो जित हो । एपीएफका लागि मनोज राई, ताजुदीन आदुलिनी, तथा काजिमले एक–एक गोलको योगदान गरे । एपीएफलाई हराएसंगै ब्रिगेडले तीन खेलपछि ३ अंक जोडेको छ । ब्रिगेडले अघिल्ला दुई खेलमा पराजय व्यहोरेको थियो ।

एपीएफको भने यो पहिलो हार हो । एपीएफले पहिलो खेलमा बराबरी र दोस्रो खेलमा जित निकालेको थियो । एपीएफको ३ खेलबाट ४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्