गिनिज बुक वर्ल्ड रेकर्डका लागि बन्दनाको मिसन सुरु, आजबाट लगातार १२ गतेसम्म नृत्य गर्दै



०७ मंसिर २०७५, काठमाडौं

लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने नेपालको छोरी बन्दना नेपालको नृत्य सुरु भएको छ । सो कार्यक्रम आज विहान ९ बजेबाट सुरु भएको हो । उनले आजबाट लगातार १२६ घण्टा अर्थात १२ गतेसम्म लगातार चाँच्ने छिन् ।

कार्यक्रमको समुद्घाटनमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, तथा ऊर्जामन्त्री वर्षमान पुन अनन्तको समेत उपस्थिती रहेको थियो । उनीहरुले पनि बन्दनालाई शुभकामनाका दिँदै यो उनको मात्रै नभएर सम्पुर्ण नेपालको गौरवको कुरा भएको बताए । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भईरहेको कार्यक्रमका संयोजक हरिचन्द्र राउत तथा सह–संयोजक सन्तोष लामाले गरेका हुन् ।

 

उनीभन्दा पहिले भारतकी केरलाकी कलामण्डल हेमथलाले सो विधामा नै लगातार १२३ घण्टा नाँचेर विश्व किर्तिमान राखेकी थिईन् । तर, बन्दनाले भने उनीभन्दा ३ घण्टा बढि नाँच्दै उनको रेकर्डलाई ब्रेक गर्दै छिन् । उनी लगातार १२६ घण्टा नेपालीहरुको पहिचान झल्किने विभिन्न भेषभूषामा नृत्य गर्ने छिन् ।

यो पनि पढ्नुहोस्

बन्दनाको १२६ घण्टे नाँच भोलीबाट सुरु हुँदै, सबै तयारी पुरा

 

लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने तयारीमा नेपाली चेली बन्दना नेपाल ( भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्