थुलुङ दुधकोशी गाँउपालिकाको मोबाईल एप सार्वजनिक



०६ मंसिर २०७५, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिकाले उपयोगी मोबाईल एप सार्वजनिक गरेको छ । प्रदेश नं १ अन्तर्गत पर्ने थुलुङ दुधकोशी गाँउपालिकाले आफ्नो गतिविधिहरुलाई जनतासामु प्रभावकारी रुपमा पुर्याउनका लागि सो एप सार्वजनिक गरेका हो ।

साथै विश्वमा विज्ञानले ल्याएको नयाँ नयाँ टेक्निोलोजिहरुलाई पनि सबै नागरिकहरुले सदुपयोग गर्नपर्छ भन्ने उद्देश्यले सो एपको विस्तार गरिएको गाँउपालिकाका अध्यक्ष असिम राईले बताए । १ नगरपालिका तथा ७ गाँउपालिका रहेको सो स्थानीय तहमा थुलुङ दुधकोशी गाँउपालिकाले सबैभन्दा पहिलो यस्तो टेक्नोलोजिकल सेवालाई भित्र्याएको हो । एपमा हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपुर्ण स्थान तथा आपतकालिन सम्पर्क नम्बरलाई समावेश गरिएको छ ।

साथै गाँउपालिकाको आगामी कार्र्यक्रमहरुलाई पनि प्रभावकारी रुपमा अधि बढाउने अध्यक्ष राईको दावी छ । जिल्लाका स्थानीय तहहरुमध्ये थुलुङ दुधकोशी गाँउपालिका हरेक कार्यमा अघि रहेको सो गाँउपालिकाका स्थानीयहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

अस्पताल निर्माणका लागि ७ दिने महायज्ञ

प्रतिक्रिया दिनुहोस्