शहिद स्मारक ए डिभिजन : खेल सुरु हुने वित्तिकै मनाङको पोल्टामा दुई गोल



०६ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले मनाङ मर्स्याङदी र थ्रीस्टारबीच खेल चलिरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलमा मनाङले थ्रीस्टारविरुद्ध खेलको २५ औं मिनेट नवित्दै २ गोलको अग्रता लिएको छ ।
अंकतालिकाको शीर्ष र दोस्रो स्थानमा रहेका दुवै टोलीको समान ६ अंक रहेको थियो ।

आजको खेलमा दुबै टोलीले जित निकाल्ने हेतुका साथ मैदान उत्रेको र समय अझै धेरै बाँकी हुनोल थ्रीस्टारले पनि आफुलाई अगाडी लान खोजिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्