एएफसी कपको ड्र सार्वजनिक, नेपाली टोली ‘इ’ समूहमा



०६ मंसिर २०७५, काठमाडौं

१७ औं संस्करणको एएफसी कप २०१९ को ड्र सार्वनिक भएको छ । एएफसीले बिहिबार (आज) क्वालालम्पुरमा सो ड्र सार्वजनिक गरेको हो ।

जनवरी ०५ बाट सेप्टेम्बर ०१ सम्म चल्ने खेलमा एशियाका २६ राष्ट्रहरुले सहभागिता जनाउने भएका छन् । अहिले चलिरहेको शहिद स्मारक ए डिभिजन लिगको विजेताले सो प्रतियोगितामा खेल्न पाउने छ ।

ड्र मा नेपाली टोली ‘इ’ समूहमा परेको छ । यस समूहमा नेपालसहित भारतको मिनेर्भा पंजाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्