शहिद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा च्यासलको अग्रता



०६ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा च्यासलले अग्रता लिएको छ ।

सातदोबाटोमा चलिरहेको तेस्रो चरणको पहिलो खेलमा च्यासलले न्युरोड टिम (एआरटी) लाई २–० को अग्रता लिएको छ । च्यासलका लागि दुबै गोल अमिर श्रेष्ठले गरेका हुन् । उनलेखेलको २४ औं मिनेट र २९ औं मिनेटमा गोल गर्दे च्यासललाई महत्वपुर्ण योगदान गरे ।

राष्ट्रिय खेलाडीले भरिएको च्यासलले युवा जमात भएको एआरटीलाई खेलको पहिलो हाफमै ० का विरुद्ध २ गोलको नतिजा बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्