बन्दनाको १२६ घण्टे नाँच भोलीबाट सुरु हुँदै, सबै तयारी पुरा



०६ मंसिर २०७५, काठमाडौं

लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेकी बन्दना नेपालकी कार्यक्रम भोली (शुक्रबार) बाट सुरु हुँदै छ । जसका लागि सबै तयारी पनि पुरा भईसकेको बुवा राम नेपालले जानकारी दिए ।

बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा हुने कार्यक्रम भोली ७ बजेबाट सुरु हुने जनाईएको छ । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै उनले सो रकर्ड राख्न लागेकी हुन् । हेमथलाले सो विधामा नै लगातार १२३ घण्टा नाँचेर विश्व किर्तिमान बनाएकी थिईन् ।

सो उनको रेकर्डलाई बन्दनाले उनीभन्दा ३ घण्टा बढि अर्थात १२६ घण्टा नाँचेर उनको स्थानमा आफु आसिन रहन लागेकी हुन् । १७ वर्षिया बन्दना भोली (शुक्रबार) बाट लगातार ६ दिनसम्म विभिन्न नेपालीहरुको भाषा, संस्कृति तथा परम्परा झल्किने पोषाकमा नृत्य गर्दै छिन् ।
सनैदेखि नाँच्नमा विशेष रुची राख्ने बन्दना अहिले नृत्य प्रशिक्षकसमेत हुन् ।

त्यस्तै उनले परिवर्तन खबरसँग कुराकानी गर्दै रेकर्ड होल्ड गरेपछि टुहुरा बालबालिकाहरुलाई ‘बन्दना’ नामक संस्था खोलि ह्याण्डल गर्ने आफ्नो लक्ष्य रहेको बताएकी छिन् । उनले नृत्य गरेर १२० घण्टा बढि पुर्याईसकेकी छिन् । अब ६ घण्टा पनि सजिलै पुर्याउन सक्ने दावी पनि गरेकी छिन् ।

यो पनि पढ्नुहोस

लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने तयारीमा नेपाली चेली बन्दना नेपाल ( भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्