
०५ मङ्सिर २०७५, सुनसरी
सुनसरीको इटहरीमा रहेको पुर्वि पृतना हेडक्वाटरमा प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम संचालन हुने भएको छ । आगामि मंसिर ८ र ९ गते खेलकुद कार्यक्रम सहित नेपाली सेना सम्बन्धी बिभिन्न प्रदर्शनी संचालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
सर्बसाधरणमा राष्ट्र, राष्ट्रियता, राष्ट्रभक्ति तथा एकताको वृद्धि भई ब्यक्तिगत स्वास्थ्य प्रति सजकता एवं श्रृजनात्मक क्षमताको विकास हुने बताइएको छ । बिगतका बर्षहरुमा झै नेपाली सेनाको जंगी अड्डाले कार्यक्रमको संचालन गर्न लागेको हो ।

सेनाले संबिधानमा उल्लेख भएको जिम्मेवारीलाई पुरा गरी बिभिन्न बिपत व्यवस्थापन, जोखिम न्युनिकरण, पर्यावरण सुरक्षा, प्रकृति संरक्षण, सर्पदंशको उपचार लगायत बिबिन्न सामाजिक काम गर्दै आएको छ । नेपाली सेनामा प्रबेश गर्न प्रोत्साहित गर्ने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम अन्तरर्गत मंसिर ८ गते हाप म्याराथोन, महिला पुरुषको खुल्ला दौड, सोहि दिन बालबालीकाको लागी दौड, खुल्ला साइक्लिङ प्रतियोगीता र मनोरन्जन तथा वाकथोनका कार्यक्रम र ९ गते नेपाली सेनाको बिगत देखि हालसम्मका फोटो प्रदर्शन, बिभिन्न सैनिक सामाग्रीका प्रदर्शनी , इनजिनीयर ,इक्युपमेन्ट, बिपद क्यबस्थापनका सामागी प्रदर्शनी, नेपाली सेना सम्बन्धि भिडियो तथा डकुमेन्ट्री लगायतका सामाग्री प्रस्तुत गरीने पृतनापति समिर शाहीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनको संचालन पुर्बी पृतना हेडक्वाटरका जनसम्पर्क अधिकृत प्रकाश कुमार उप्रेतीले गर्नुभएको थियो ।





