प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ को समुद्घाटन



०५ मङ्सिर २०७५, काठमाडौं

नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्रविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’को आज प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच समुद्घाटन गर्नुभएको छ ।

‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’मा विभागिय टिमहरु लगायत प्रथम पटक ७ प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको छ । २०७० सालबाट शुरु भएको उक्त प्रतियोगितमा पुरस्कार राशी क्रमश: प्रथमलाई रु. ३,००,०००, द्वितियलाई रु. १,५०,००० र तृतियलाई रु. ५०,००० नगत पुरस्कारका साथै उत्कष्ट खेलाडीलाई यामाहा कम्पनिको स्कुटर समेत रहेको छ ।

समुद्घाटन कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति, राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष, अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्