
०५ मङ्सिर २०७५, काठमाडौं
“गणतन्त्र दिवस २०७४” को अवसरमा विभिन्न अलङ्कार तथा पदकहरुद्वारा विभुषित भएका रथीवृन्द, अधिकृत तथा अन्यदर्जा गरी जम्मा ५८ लाई आज त्रिभुवन आर्मी अफिसर्स क्लबमा एक समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले अलङ्कार तथा पदकहरुद्वारा सुशोभन गरेका छन् ।

उक्त कार्यक्रममा जंगी अड्डा भित्र कार्यरत रथीबृन्द र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।





