
इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले घरायसी उपयोगी सामानहरु बजारमा ल्याएको छ । सिजीले जाडो सिजनका लागि लक्षित गर्दै नयाँ सामग्रीहरु ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार नुहाउनका लागि इलेक्ट्रिक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर (जसमा तातो र चिसो पानी सजिलै पाउन सकिने), कोठा न्यानो बनाउने विभिन्न प्रकारका रुम हिटरहरू बजारमा उपलब्ध छन् ।
यस्तै, खानालाई एकैछिनमा तातो बनाउन इलेक्ट्रिक वभन, खानेपानीलाई तताउन उपयोगी विभिन्न किसिमका आकर्षक हटपट र केटल, पानीलाई लामो समयसम्म तातो बनाइराख्न नयाँ किसिमका भ्याकुम फ्ल्याक्स बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।





