
०५ मङ्सिर २०७५, काठमाडौं
महानगरीय प्रहरी परिसरको मदिरा नष्ट सम्बन्धी कार्यक्रम अन्तर्गत बूढानीलकण्ठ–११ र गोकर्णेश्वर–९ मा कपन प्रहरीद्वारा फेला पारिएको अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।
खाली जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन तथा विक्रि वितरण गरिने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले चेकजाँच गर्दा उक्त स्थानमा रहेको विभिन्न १२ वटा टहरोबाट करिव ५२५० लिटर तयारी मदिरा, १३५०० लिटर कच्चा पदार्थ बरामद गरिएको थियो ।

कपन प्रहरीको टोलीद्वारा बरामद गरिएको उक्त मदिरा तथा कच्चा पदार्थ सोही स्थानमा स्थानीय बासिन्दा तथा वडा प्रतिनिधि र संचारकर्मीको रोहबरमा नष्ट गरिएको छ ।





