
०५ मङ्सिर २०७५, काठमाडौं
कानुन नभएको देशमा
रामको भेष धारण गरेर
रावणले कर्तुत गर्दा
रामलाई कठघरामा उभ्याईएको छ
हामी चुपचाप छौं,
यो दोष कस्को ?
हिजो ढुङ्गाको सिरानी बनाएर
खुला आकाशमुनी सुत्नेहरुले
देश चलाई रहँदा
राष्ट्रभक्त चुन्यौ भनेर
खुशी हुँदा,
तिनै नाईकेले अनाथ देखन
नाक खुम्च्याएर पृथ्वीको
भार सम्झँदै
माटोमा मिल्दा मलिलो हुन्छ भन्थे
हामी चुप लाग्यौं,
यो दोष कस्को हो ?
हत्या र बलात्कार हुँदा
“वितण्डा मच्चायो” भनेर
केशको हाँसोमा मुग्ध भई
हातमा हात मिलायौं,
प्रत्येक पटक राम्रो छान्यौ भन्दै
एक छाकमा मस्त भयौं,
यो दोष कस्को हो ?
अव यस्तो गर्याे
उस्तो गर्याे भनेर हुन्छ ?
असामान्य आफैं बन्यौं
अरुलाई दोषी देखाएर के बन्छ ?
रुपा विष्ट
बौद्ध, काठमाडौं





