०५ मंसिर २०७५, काठमाडौं
प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता बुधबार सुरु हुँदैछ । नेपाल बक्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने हुने प्रतियोगिता ८ गतेसम्म चल्नेछ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा १९ वर्षमुनि महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० किलो तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा महिला २४ वर्षमुनि ४८, ५१, ५४, ५७ ,६० र ६४ किलो तौल समूह पनि समावेश गरिएको जनाईएको छ ।
पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९,७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येका तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।