अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन काठमाडौंमा हुने



०४ मंसिर २०७५, काठमाडौँ

अन्तर्राष्ट्रिय साइबर सुरक्षासम्बन्धी सम्मेलन नेपालमा हुने भएको छ। नेपालमा पहिलो पटक गर्न थालिएको यो सम्मेलन मंसिर २२ र २३ गते काठमाडौंमा गरिने भएको हो ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको संस्था थ्रेट निक्‍सले यो सम्मेलनको आयोजना गर्न लागेको हो। सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स जस्ता संस्थाका सहकार्य रहेको छ।

पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याक जस्ता साइबर सुरक्षाका चुनौती नेपालले भोग्नुपरेको   ।साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेकोको अवस्थामा सम्मेलनले समाधानमा सार्थक उपाय दिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्