पायल्स रोग के हो? जान्नुहोस् यसका लक्षण तथा बच्ने उपायहरु..



०४ मङ्सिर २०७५, काठमाडौं

पायल्स रोग यस्तो रोग हो । जुन मलद्धारसँग सम्बन्धित रोग हो । मानवहरुको जीवनशैली र खानपीनको कारणले गर्दा धेरैलाई अहिलेको समयमा लाग्ने रोग हो । यसमध्ये पायल्स रोग सबै मानिसहरुको समस्या भएको देखिन्छ । लजालुपनको कारण धेरै मानिसहरुले पायल्स रोग सम्बन्धी खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कसैलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । यसको लक्षण भनेको मलद्वारमा मासु सुन्निने, चिलाउन, पलाउने, दुख्ने, दिसा गर्दा रगत आउने गर्दछ । पायल्स रोगीमध्ये कसैको अंगुरकोे झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्ला पीप बग्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।

१.कारणहरुः
यो राग लाग्ने मुख्य कारण जीवनगति र खानपान हो । अनियमित खानपान, व्यायामको कमि, चिया बदि पिउने, पानी कम खाने, धेरै व्रत बस्ने, हरियो सागपात नखाने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ । नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा कब्जियत, वा दिसा थोरै आउनु, दिसा पिसाब लागेको बेलामा नगर्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

२.पायल्स हुँदा खानुपर्ने खानेकुराहरुः
गहुको पिठो, रोटी, फलफुल, हरियो सागपात काँचै खाने, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । यी यस्ता खानेकुरा नियमित खाने गरेमा रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।

३.पायल्स रोगीले गर्न नहुने र खान नहुने कुराहरुः
माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान धेरै बेलासम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी उपायहरु अपनायो भने लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

४.समस्याको समधानः
पायल्स रोगीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम हल्का र कम खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ । हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ। डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने। यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।

५.घरेलु उपचारः
फिटकिरी एक टुक्रा दश लिटर मनतातो पानीमा राखेर बस्ने । एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा रगत तथा पिप आउने जस्ता समस्या ठीक हुन्छ । दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाने र नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी। मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्ने । आफ्नो पिसाबले गद्द्वार धुने । नियमित रुपमा व्यायाम गर्दा पनि सन्चो हुन्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन। कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्